सञ्चार क्लब उर्लाबारीको अध्यक्षमा पुनः घनश्याम

उर्लाबारी । सञ्चार क्लब उर्लाबारीको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ।

निर्वाचनमा घनश्याम भण्डारी अध्यक्ष र संगीता चाम्लिङ कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । भण्डारी क्लबका पूर्व अध्यक्ष समेत हुन् ।

निर्वाचनमा खसेको कुल ५० मतमध्ये अध्यक्ष पदका प्रत्यासी घनश्यामले ३२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी विजय धिमालल १७ मत मात्र प्राप्त गरे। अध्यक्ष पदमा खसेको मध्ये १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। त्यस्तै कोषाध्यक्ष पदमा संगीता चाम्लिङ ३३ मत प्राप्त गर्दै विजयी भइन्। उनकी स्पर्धी सम्झना राईले १६ मत प्राप्त गरिन् । कोषाध्यक्ष पदमा पनि १ मत बदर भएको थियो।

सञ्चार क्लब नेपाल उर्लाबारीको २२औं बार्षिक साधारणसभा तथा चुनावी सभाबाट उपाध्यक्षमा सुमन घिमिरे, महासचिवमा पुजन दास, सचिवमा दिपेन्द्र बहादुर विश्वकर्मा र सदस्यमा छबि श्रेष्ठ, खडग वेदना निर्वाचित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार