पथरी । पथरी शनिश्चरे नगरपालिकामा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।
सबै वडाहरूमा क्याम्प सञ्चालन गरी बालबालिकालाई स्वयंसेविकाहरुले औषधि खुवाइएको छ । वैशाख ६ र ७ गते सञ्चालन हुने उक्त अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने बरिष्ठ जनस्वास्थ्य अधिकृत जगत मगरले जानकारी दिए।
वर्षमा दुई पटक सञ्चालन हुने यस कार्यक्रम कात्तिक महिनामा पनि पहिलो चरणअन्तर्गत २ र ३ गते सञ्चालन हुँदै आएको छ । साथै, अभियानअन्तर्गत बालभिटा वितरण तथा पोषण लेखाजोखा समेत गरिदै आएको छ । यो अभियान देशभरि नै नियमित संचालनमा रहेको छ ।


11 पटक हेरिएको 












