सखुवारा। मोरङको पथरी शनिश्चरे ८ मा बालबालिका तथा खेलाडी लक्ष्यित दुर्घटना बिमा कार्यक्रम सुरु भएको छ ।
पथरी शनिश्चरे नगरपालिकामा सरकारीस्तरबाट पहिलोपटक वडा नम्बर ८ को कार्यालयले सो कार्यक्रम सुरू गरेको हो । आजसम्म ३ सय ५४ जना बालबालिका तथा खेलाडीहरुको दुर्घटना बिमा भएको छ भने भोलि (बैशाख १७ गते) पनि वडा कार्यालयमा बिमा कार्यक्रम जारी रहने वडा अध्यक्ष नविनजङ्ग कार्कीले बताएका छन् । बिमा कार्यक्रम अन्तर्गत एक बर्षभित्र चोटपटक लागेमा, सर्पले डसेमा, कुकुर बिरालो जस्ता जनावरले टोके नङग्रामा एकपटकमा एक लाख रुपैयाँसम्म बिमा दाबी गर्न सकिनेछ । अभिभावकले प्रतिव्यक्ति १ सय रूपमा शुल्क तिरेर विमा गर्न सकिने वडा अध्यक्ष कार्कीको भनाइ छ ।


14 पटक हेरिएको 











