पथरी नगर अस्पतालमा भौतिक पूर्वाधार सुधार गरिँदै

पथरी । पथरी नगर अस्पतालको नयाँ भवन परिसरमा वाल निर्माण, पेवल लगाउने तथा बाटो निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
पथरी शनिश्चरे नगरपालिकाको ५१ लाख रुपैयाँ बजेटबाट सञ्चालन भइरहेको उक्त योजनाअन्तर्गत अस्पताल परिसरको भौतिक पूर्वाधार सुधार गरिँदै आएको वडाध्यक्ष नैना राईले जानकारी दिए। निर्माण कार्य सम्पन्न भएपछि अस्पताल परिसर अझ व्यवस्थित, सुरक्षित र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ। पथरी शनिश्चरे २ छयालीस बिघेमा रहेको नगर अस्पतालबाट दैनिक करिब ५ सयदेखि ८ सयसम्म सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। यस निर्माण कार्यले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार