सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले विभिन्न चौकमा सिसिटिभी जडान गरेको छ ।
वडा कार्यालयले वडाको गुराँस चौक, सोमबारे, माथिल्लो मिलन चौक, तल्लो मिलन चौक, भेटघाट चौक कुशे, मंगलबारे, शुक्रबारे, शिवजी चौक, बतासेली चौक झोलुङ्गे पुल क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरेको हो । क्यामेराले वडाभित्रका मुख्य सडकहरुको ट्र्याकिङ गर्नेछ भने दोस्रो चरणमा अन्य स्थानहरूमा समेत क्यामेरा जडान गरिने वडाध्यक्ष नविन कार्कीले जानकारी दिए । वडाको यो कार्यले सडक दुर्घटना, चोरी, लागू औषध सेवन, लगायतका अन्य सामाजिक अपराध र घटनाहरूलाई न्यूनीकरण गर्न र अन्य सामाजिक बेतिथिहरु निगरानी गरी न्यूनीकरण गर्न सकिने वडावासीहरुले विश्वास लिएका छन् ।


10 पटक हेरिएको 












