पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समितिको निरीक्षण भएको छ ।
बुधबार न्यायिक समितिको काम कारवाहीका सम्वन्धमा मोरङ जिल्ला अदालतका न्यायाधीश अरुण कुमार झासहित मोरङ जिल्ला अदालतका शाखा अधिकृत केशव कटुवाल, नासु रमेश थपलिया सहितको टोलीले न्यायिक समितिको निरीक्षण गरिएको हो । निरीक्षण पश्चात् न्यायधिसले केही निर्देशनात्मक र कानूनी सुझावहरु राखेका थिए । कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, न्यायिक समिति सदस्यद्वय पदम धिमाल र कल्पना श्रेष्ठको पनि उपस्थिति रहेको थियो । नगरका उजुरी प्रशासक विश्वमणि निरौलाले न्यायिक समितिको कार्यप्रगति प्रस्तुत गरेका छन् भने न्यायिक समितिले हालसम्म गरेका कामकारवाहीहरुको निरीक्षण समेत भएको थियो । न्याय प्रशासन ऐन २०७३ को दफा २१ को उपदफा १ जिल्ला अदालत नियमावली, २०७५ को नियम ९४ तथा निरीक्षण सम्बन्धि निर्देशिका २०७६ बमोजिम अनुगमन गरिएको हो ।


0 पटक हेरिएको 












