सरोकारवालाहरुको एक दिने अभिमुखिकरण

पथरी । पथरी शनिश्चरे नगरपालिकामा डेङ्गी, जापानीयज इन्सेफ्लाइटिस लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेहरुको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न सामुदायिक परिचालक तथा सरोकारवालाहरुको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, लेखा अधिकृत पिताम्वर वस्ती, कार्यपालिका सदस्यहरु अन्जना दर्जी, सिता दजी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यबारे प्रस्टाए। सो कार्यक्रमको सहजीकरण स्वास्थ्य निरीक्षण धनकुटाका डा. आकांक्षा शर्माले गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार