पथरी शनिश्चरे नगरपालिकाका नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा विभिन्न पसल तथा औषधि पसलहरुको अनुगमन गरिएको छ ।
आज नगरपालिकाका विभिन्न वडामा रहेका औषधि पसल तथा अन्य व्यवसायहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा किराना पसलहरुको दर्ता, दर्ता नवीकरण लगायत म्याद गुज्रिएका (डेट एक्सपायर भएका) सामग्री बिक्री वितरण नगर्न सुझाव दिइएको छ । औषधि पसलहरुको दर्ता तथा नवीकरण गर्न छुटेकाहरुलाई तत्काल नवीकरण गर्न आग्रह गरिएको थियो । साथै, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको विक्री वितरण नियन्त्रण गर्न पनि सुझाइएको र पसलहरुमा मूल्य सूची अनिवार्य राख्नको लागि अनुरोध समेत गरिएको अनुगमन निरीक्षण एकराज खत्रीले जानकारी दिए । अनुगमनमा अनुगमन समितिका सदस्यद्वय वीरबहादुर राई र अन्जना शिवा, इलाका प्रहरी कार्यालयका प्रहरी तथा नगर प्रहरीहरूको सहभागिता रहेको थियो ।


1 पटक हेरिएको 











