पथरी । पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने छात्रा स्वीकृति निरौलालाई नगद ५० हजार सहित सम्मान गरेको छ ।
मङ्गलबार छात्रा निरौलालाई नगद ५० हजार सहित कक्षा ११ र १२ अध्ययनका लागि ७५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ । कार्यक्रममा पथरी शनिश्चरे वडा नं. १ का अध्यक्ष भिम राई, नगर शिक्षा शाखा प्रमुख नविन खुलाल, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा स्वीकृतिले हासिल गरेको उत्कृष्ट नतिजाले विद्यालयसँगै समग्र नगरकै शैक्षिक प्रतिष्ठा बढाएको प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताए ।


3 पटक हेरिएको 










