पथरी । सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूका लागि निर्वाचन कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख तुम्वापोले तालिमले सहकारीका निर्वाचनहरूलाई नियमनसंगत र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नगरभित्रका २८ वटा सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, आर्थिक विकास समितिका सदस्य तथा कार्यपालिका सदस्य सिता भूषाल दर्जीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले गरेका छन् ।


10 पटक हेरिएको 







