बिराटनगर । प्रदेशको राजधानी विराटनगर महानगरपालिका-१६ मा चेकजाँचको क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तरगत ती व्यक्तिहरुले पक्राउ गरेको हो । सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साधन तथा संकित व्यक्तिहरुलाई लक्षित गरी गरेको ला.प.से. चेकजाँचको क्रममा १२ जना सिटी सफारीका चालक, १ जना अटोटेम्पो चालक र १ जना पैदल यात्रीले ला.प.से. गरेको फेला पारेको थियो । लागू पदार्थ सेवन गर्ने १४ जनालाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।


5 पटक हेरिएको 




