हसन्दह । पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ मा महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने हेतुले महिला लक्षित सेल्फ मेकअप तालिम सुरु भएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत महिला लक्षित कार्यक्रमको बजेटबाट सञ्चालित तालिमको उद्घाटन वडा नं. ६ का वडा अध्यक्ष कृष्ण कुमार बस्नेतले गरे । वडाका महिलाहरुको सहभागिता रहेको तालिममा न्युलुक ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरका दक्ष ब्युटिसियन (प्रशिक्षक) हरूले प्रशिक्षण दिनेछन् ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष बस्नेतले महिलाहरूलाई सीपयुक्त र आत्मविश्वासी बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताए। असार ५ गतेसम्म सञ्चालन हुने तालिममा सहभागीहरूलाई सेल्फ मेकअप सम्बन्धी विभिन्न सैद्धान्तिक तथा व्यवहारिक सीपहरू सिकाइने बताइएको छ ।


2 पटक हेरिएको 




