कक्षा १२ मा अध्ययनरत बिद्यार्थीलाई बारिस्टा तालिम

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का कार्यालयले १२ कक्षामा अध्ययनरत जेन–जी उमेर समूहका विद्यार्थीलाई बारिस्टा तालिम सम्पन्न भएको छ ।
सिप विकास कार्यक्रम अन्तर्गत वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने जम्मा ३६ जना सहभागीहरूले उक्त तालिममा सहभागिता जनाएका थिए । एक महिने तालिम वडा कार्यालयको आर्थिक सहयोगमासञ्चालन गरिएको थियो । विद्यार्थीलाई अध्ययनसँगै रोजगारी तथा स्वरोजगारका लागि आवश्यक व्यावसायिक सीप प्रदान गर्ने हेतुले तालिम आयोजना गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिए । तालिममा सहभागी विद्यार्थीहरूले कफी बनाउने, कफी मेसिन सञ्चालन, ग्राहक सेवा, सरसफाइ तथा क्याफे व्यवस्थापन सम्वन्धी आधारभूत ज्ञान र व्यवहारिक सीप हासिल गरेका छन् । समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार