सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरी शनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता’ सुरू

पथरी (मोरङ )। मोरङको पथरी शनिश्चरेमा आजदेखि ‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता—२०८३’ सुरु भएको छ ।

बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा पथरीको एभरेष्ट बोर्डिङ स्कुलमा एक समारोहवीच उद्घाटन भएको हो । प्रतियोगिताको पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले दीप प्रज्वलन र चेसको गोटी चालेर खेलको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख तुम्बापोले पथरीशनिश्चरेमा बुद्धिचाल खेलाडी उत्पादन र विकासको गति तीव्र रहेको बताए । प्रमुख तुम्बापोले प्रदेशको विभिन्न स्थानमा जाँदा पथरीको बुद्धिचाल चार्चा सुन्ने गरेको बताएका छन् ।

कार्याक्रममा १ नं. वडा अध्यक्ष भीमकुमार राई, नगर प्याब्सन अध्यक्ष शन्तोष बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका छन् । नगर स्तरीय बुद्धिचाल च्याम्पियन प्रतियोगिताको एभरेष्ट बोर्डिङ स्कुलले संस्थापक सुशीला कन्दङ्वाको नाममा टाइटल स्पन्सर गर्दै आएको छ ।
उद्घाटन कार्यक्रममा सुशीला कन्दङ्वाको जीवनीको सञ्चारकर्मी अर्जुन जम्नेली राईले प्रस्तुत गरे । सुशीलाको जीवनीको साथै  परिवारले समाजमा गर्दै आएको योगदान बारे चर्चा समेत गरेका छन्  ।

एभरेष्ट स्कुलका निर्देशक रबिन कन्दङ्वाले आमा, बुवाको सम्मानको संस्कार बसोस र खेल तथा खेलाडी विकासमा सहयोग होस भन्ने उदेश्यले कार्यक्रमलाई सहयोग गर्दै आएको जनाए  ।

बुद्धिचाल संघ पथरीशनिश्चरे नगर अध्यक्ष रोहित सुब्बा बेलायत भ्रमणमा भएको कारण उपाध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पवन राईले स्वागत गरे । कार्यक्रममा २ नं. वडा अध्यक्ष नैना राई, नगर प्याब्सनको पूर्व अध्यक्षहरु उपेन्द्र कँडेल, सुरेन्द्र लिम्बू, वर्तमान सचिव सुजन तिम्सिना, नगर खेलकुद विकास समितिका अध्यक्ष लोकसागर साम्बा, एभरेष्ट स्कुलका सञ्चालक दिनेश कन्दङ्वा, प्रिन्सिपाल कमल तिम्सिना, सिंहबाहिनी माविका प्रधानाध्यापक उमेश खड्का, पञ्चायत माविका खेल शिक्षकहरु सम्भु थापा, नरेश राई, साहित्यकार लक्ष्मी फुयल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा नगरमा स्थापित खेलाडीहरु, सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरु गरेर सय बढी खेलाडी सहभागी रहेको आरबिटर समेत रहेका पथरीशनिश्चरे बुद्धिचाल संघका संस्थापक अध्यक्ष डम्बर राईले बताउनुभयो । प्रतियोािगता स्वीस लिगको नियम अनुसार ९ राउण्ड खेलाइने अयोजक संघका नगर सचिव पुकार राईले बताउनुभयो ।
प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमस १० हजार, ५ हजार, ३ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी महिला च्याम्पियन लगायत ५ जना, जुनियर च्याप्मियनसहित ५ जनालाई १ देखि ५ हजारसम्म नगद गरेर जम्मा १३ वटा पुरस्कार राखिएको छ । स्वर्गीय सुशिला कन्दङ्वा एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक स्वर्गीय चन्द्रमान कन्दङ्वाको धर्मपत्नि तथा वर्तमान सञ्चालक निर्देशक रविन÷ज्योती कन्दङ्वा र दिनेश÷सरस्वति कन्दङ्वाकोे आमा÷सासु आमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार