मेस्सीलाई जिताउन पूजापाठ, एकादशी बाबाले अर्जेन्टिनाले ५-३ गोल अन्तरले जित्ने भविष्यवाणी गरे

उर्लाबारी । फिफा वर्ड कपको फाइनल खेलमा अर्जेन्टिनालाई जिताउन भाइरल एकादशी बाबाले पूजा पाठ गरेका छन् ।
उर्लाबारी मङ्गबारे स्थित चर्चित खेलाडी लियोनल मेस्सीको प्रतिमा अगाडि बाबाले पूरा गरेका हुन् । पूजा गर्ने क्रममा अर्जेन्टिनाको स्पर्धी टिम स्पेनलाई बान समेत हाने । एकादशी बाबाको खास नाम बलराम खड्का हो । उनी मोरङको उर्लाबारी–२, मगलबारे वासिन्दा हुन । यस अघि पनि उनले अर्जेन्टिनाको जितको कामना गर्दै विशेष पूजापाठ गर्दै आएका थिए । पूजापाठमा अर्जेन्टिनाको सफलताको कामना गरिएको र मेस्सीसहित टोलीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको बाबाको भनाइ छ। एकादशी बाबाको भविष्यवाणी सामाजिक सञ्जालमा पनि चर्चा हुन थालेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार