पथरी । हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेले सस्थाको दस्तावेज प्रकाशन गरेको छ ।
सामुदायिक वन स्थापनादेखि हालसम्मको २५ वर्षे यात्रा, संरक्षण तथा व्यवस्थापनका गतिविधि र उपलब्धि समेटिएको ऐतिहासिक स्मारिका ‘हरियालीका पाइला’ प्रकाशन गरेको हो । सो पुस्तक मंगलबार वनको २१औँ वार्षिक साधारणसभाको अवसरमा सामाजिक विकास मन्त्री गीता तिम्सिना, बन अध्यक्ष काबुल मगर(बिकास)सहित उपस्थित अतिथिहरूले स्मारिका लोकार्पण गरेका हुन् । सम्भवत: नेपालका सामुदायिक वनहरु मध्ये हरियाली सामुदायिक वन उभोक्ता समुहले आफ्नो ऐतिहासिक गतिविधि समेटेर प्रकाशन गरेको पहिलो दस्तावेज हो ।
वि.सं. २०५६ मा स्थापना भएको हरियाली सामुदायिक वनले वन संरक्षण, दिगो वन व्यवस्थापन, पर्यापर्यटन तथा उपभोक्ताको सामाजिक–आर्थिक हितका क्षेत्रमा गर्दै आएका गतिविधिलाई स्मारिकामा समेटिएको जनाइएको छ।
हरियाली सामुदायिक वनले २५० दशमलव ४५ हेक्टर क्षेत्रफलमा रहेको साल वनको संरक्षण, संवर्द्धन तथा व्यवस्थापन गर्दै आएको छ। वन क्षेत्रमा साल, साज, लसुने, कर्मा, पिठारी, भूत, राजवृक्ष र टाँटरीलगायतका प्रजाति पाइने जनाइएको छ।


1 पटक हेरिएको 












