काठमाडौं । मधेस प्रदेशबाट प्रदेश सभा सदस्यमा निर्वाचित २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
उनीहरुलाई पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूणर् बस्नेतका अनुसार महोत्तरी जिल्लाको क्षेत्र नं २ (२) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ (१) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवाल पार्टी प्रवेश गरेका छन्।


108 पटक हेरिएको 












