हिसान स्पोर्टस् मिटः भलिबलमा छात्रतर्फ कान्तिपुर, मोर्डन एरा र छात्रातर्फ कोशी फाइनलमा

विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करण अन्तर्गत आइतबार भएको भलिबलको छात्रतर्फको पहिलो खेल कान्तिपुर कलेजले शिक्षादीप कलेजलाई २–० को सेटले पराजित गर्दै फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरका सन्जिव विष्ट भए । दोस्रो खेलमा अर्किड कलेजलाई २–१ को सेटले पराजित गर्दै मोर्डन एरा कलेजलाई फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच मोर्डन एराका सविन तामाङ घोषित भए । त्यस्तै छात्रातफको खेलमा कोशी क्याम्पसले अरनिको कलेजलाई २–० को सेटले पराजित गर्दै फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच अरनिकोकी लिया मगर घोषित भइन् ।
त्यस्तै बास्केट तर्फ बीकेभीएम विजयी हुँदै हिसान बास्केटल बलको उपाधि हात पारेको छ । बीकेभीएमले शिक्षादीप कलेजलाई २५–५४ को स्कोरले पराजित गरि उपाधि जितेको हो । खेलको म्यान अफ द फाइनल विकेभिएमका निश्चल थापाले २६ स्कोर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार