फिपराज बेघा
माङसेबुङ(इलाम)। ‘पवित्रहाङमा कप २०७९’ अन्तर्गत भएको विहिबारको खेलमा जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम दोस्रो चरणमा प्रवेश गरेको छ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा उस्ले कन्काई नगर खेलकुद विकास समिति झापालाई बाहिरायो ।
पहिलो हाप कडा स्पर्धा भएकाले गोलरहित टुङ्गियो । दोस्रो हापमा झापाकी अनिता लम्जेलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । त्यसपछि स्पर्धी इलामकी निमिता तामाङले गोल गर्दै हारबाट जोगाइन् । निर्धारित समयमा एक/एक एक गर्न सफल भएपछि खेल ट्राइबेकरमा मोडिएको थियो । ट्राइबेकरमा इलामको तर्फबाट सिजन भुजेल, निमिता तामाङ, गेल्मी तामाङ, प्याली रोय र सुजु चाम्लिङले गोल गरेर टिमलाई विजय बनायो । पराजित झापाको तर्फबाट मन्जु राई, एलेन चौधरी, हेमा चौधरी, सुस्मिता चौधरीले गोल गर्न सफल भए तर मनिता तुम्रोकको गोल, इलामकी गोलकिप्पर योमी तामाङले सेफ गरिन् । इलामले अब एमएफसी दार्जेलिङ भारतसँग खेल्नेछ ।
भोलिको खेल माउण्ड एभरेष्ट स्पोटिङ क्लब सुनसरी र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङबीच हुनेछ । नेपाल र भारतका १० महिला फुटबल टिम सहभागी खेलको विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ । आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप फागुन ३ गतेसम्म प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ ।


142 पटक हेरिएको 












