विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठकबाट पारित दुई बिधेयकलाई सोमबार प्रमाणीकरण गरेका छन् ।
‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ र ‘केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ लाई नेपाल संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।


171 पटक हेरिएको 












