खेलकुदका माध्यमबाट देशहरुमा राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिने बताएका छन् ।
मंगलबार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा पनि गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘खेलकुद क्षेत्रले समाजमा मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्रको महत्त्वपूणर् भूमिका छ ।’
खेलकुदका माध्यमबाट देशहरुमा राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने उनको धारणा थियो । प्रधानमन्त्रीले वर्तमान सरकारको तर्फबाट देशका सबै प्रदेशमा र स्थानीय तहमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए । च्यासल रङ्गशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको थियो । रङ्गशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार