काठमाडौं । नेपाल ब्यूटिसियन संघ काठमाडौं जिल्लाको चौथो अधिवेशन १३ सदस्य नया कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
पूरानो बानेश्वरमा फाल्गुन १६ गते, मंगलवार सम्पन्न भएको अधिबेशन बाट अम्बिका प्याकुरेलको अध्यक्षमा समिति बनेको हो ।
अधिबेशनबाट दमंता अधिकारी उपाध्यक्ष, हरिमाया पोखरेल सचिब ,रेखा शाहा सहसचिव, प्रमिला दाहाल कोषाध्यक्ष , बितिता बिमली सहकोषाध्यक्षमा सर्बसम्बत निर्वाचित भएका छन । नवनिर्वाचित समितिमा सानु कुवार, प्रियंका भट्ट, बबिता घिमरे, मिना अधिकारी, कल्याणी खड्का, गीता गुडी , अम्बिका डल्लाकोटी निर्वाचित भएका छन ।


142 पटक हेरिएको 












