माङसेबुङ(इलाम) । कोशी प्रदेशको नामाकरणको विरोधमा माङसेबुङ गाउँपालिकाको दुई वडा कार्यालयमा तालाबन्दी गरिएको छ । पालिकाको वडा नम्बर ५ र ३ को वडा कार्यालयमा कालो झण्डातोलनसहित तालाबन्दी गरेको हो । माङसेबुङ नागरिक समूहले आइतबार नारा जुलुस सहित भएको र्यालीले विभिन्न स्थानहरुमा कालो झण्डा गाडेका छन् । वडा नम्बर ५ को बुधबारेस्थित यलम्बर चोक र वडा नम्बर ३ को माथिल्लो भञ्जाङमा कोणसभा गरेको, ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीहरुले फाल्गुनन्द राजमार्गमा १ घण्टा चक्काजाम समेत गरेका छन् । प्रदर्शनकारीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद, पहिचान विनाको कोशी प्रदेश मान्दैनौं, कोशी प्रदेश जान्दैनौं, लगायतका नारा लगाएका थिए । समूहका अध्यक्ष केहेरसिङ योङहाले नियोजित ढंगले कोशी प्रदेश नामाकरण भएकोले माग पूरा नभएसम्म कुनै पनि कार्यालय नखोलिने चेताबनी दिए । नम्बर प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ ।


195 पटक हेरिएको 












