सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले नगरपालिकामा नै पहिलो पटक आफ्ना वडा भित्रका ३ बर्षदेखि १५ बर्षसम्मका सम्पूर्ण बालबालिका र १९ बर्षसम्मका खेलाडीहरुको दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न दुर्घटना बीमा कार्यक्रम ल्याएको छ ।
बालबालिका दुर्घटनापछि उपचारको अभाव हुने जोखिम कम गर्न र अभिभावकलाई आर्थिक भारबाट जोगाउन बीमा कार्यक्रम ल्याएको वडा अध्यक्ष नवीन कार्कीले बताएका छन । दुर्घटना पश्चात जुनसुकै अस्पतालमा उपचार गराए पनि हुने र एकपटकमा एकलाख सम्मको बिल बापतको रकम भुक्तानी गरिने जनाइएको छ । बैशाख १५, १६ र १७ गते वडा कार्यालयमा बिमा गराइने वडा अध्यक्ष कार्कीले जानकारी दिएका छन ।


10 पटक हेरिएको 








