म घाेत्लीरहेछु !!!

-साेनाम सज्जन किराँती
न डस न हाे काेब्राहरु
भालु स्यालका नङ्ग्रा देखाएर नकाेतर न
जतिसुकै चिथाेर्न खाेजे पनि
अब तिमीलाई हाम्रो समाजले
छेपारा मलस्याप्रा
घाेषित गरिसकेको छ
आदि ईत्यादीले अब हामीलाई छुने हाेईन
धाेकेवाजकाे चतुर्‍याइँले हामीलाई छेक्ने छैन

भिडबाट बुलन्द आवज हाेईन
भयङ्कर आगाेका लप्काहरु निस्किरहेछ
र विराटनगरकाे बिराट
बिरामी सरकारको
कार्यलयतिर साेझीरहेछ
याे गर्मी माैसममा सल्कदै
कतिखेर जाेगबनी कलकत्ता कट्छ
थाहा छ कि छैन

जसको निर्देशनमा याे भईरहेछ
हामी सल्कदै फेद सम्मै पुग्न चाहान्छाै
र जलाएर खरानी बनाउने छाै

र याे खडेरीकाे माैकामा जसरी
पहिचानवाला आगाे डुलिरहेछ
हावाहरुले साथ दिईरहेछ
घामकाे तापले सुकाैराे बनाउन साथ निभाईरहेछ
त्याे ज्वाला सप्तकाेशीकाे पानीले निभाउने छैन
रातारात बनेको भनिएका एक अञ्जुली
समुन्द्रहरुले भ्याउने छैन
र अनन्त सभ्यताको प्रगतिमा राेकावट
कुनै पनि हालतमा आउने छैन

आगाे जुन आशनबाट निस्किन्छ
उ संग खेलाची नठान
अपत्यारिलो हुन्छ तर
पत्थरहरु भित्र भित्र सम्म बाँचीरहेकाे हुन्छ

आगाे ढुङ्गाकाे नशा हाे
फाेक्साे कलेजाे मुटु हाे
नशा नशा भएर उसको रक्त संचार हुन्छ
आम मस्तिष्क आगाेबाटै बन्छ
र जस्तैः ठण्डाहरुले मार्न सक्दैन

मानिसको चेतना त्यस्तै हाे
त्याे ढुंगा पन्छाए जस्तो हुदैन
ढुङ्गा भित्रकाे आगाे
पटक्क निभ्दैन
यसर्थ भिडबाट आवज हैन
आगाे निस्किरहेछ
बीभत्स बिभाजन गर्न खाेजिएकाे सभ्याता बाेकेर
पहिचानको हत्केलाले
त्यही ढुङ्गाहरु रगटीरहेछ

ओ शाषक तिम्रो त्याे अध्यारो कुत्सित
मनाेसायकाे सिकार
हाम्रा आवजहरुलाई बनाउन नखाेज
यस्तो अबस्था बारे अझ गम्भीर भएर
साेच्न बाध्य नपारियाेस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार