ओखलढुङ्गा । फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरोध हुदै आएको छ । आज सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङ ओखलढुंगामा स्थानीयबासीहरुले विरोध जनाएका छन् । पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो । आइतबारदेखि ओखलढुङ्गामा रहेका कार्की सोमबार सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला विरोध जनाएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा तोडफोडको प्रयास गर्दै गाडीको झन्डा झिकेर विरोध जनाएका हुन् । सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीवीच केही समय झडव समेत भएको थियो । मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै आन्दोलनकारीले विहानैदेखि सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम गरेका थिए । 
कोशी प्रदेशका १४ वटा जिल्लाका विभिन्न स्थानका साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन् ।


112 पटक हेरिएको 












