`लाजेहाङको हत्याको जिम्मा ८२ जना सांसदहरु, मुख्यमन्त्री, प्रधानमन्त्री एवम् प्रहरीले लिनु पर्दछ।´

पथरी । जनप्रदर्शनको क्रममा घाइते भइ निधन भएका लाजेहाङ सुक्वाबाको जिम्मा ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनुपर्ने बताइएको छ । आज बिहान् बिज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश नम्बर १ पुनःनामांकन संयुक्त संघर्ष समितिले सो माग गरेको हो । `मुक्ति योद्धा लाजेहाङ लिम्बुको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्दछ ।´ बिज्ञप्तिमा भनिएको छ । समितिले ‘कोशी’ नाम खारेजीको लागि गत चैत्र ५ गते बिराटनगरमा आयोजना गरेको बिशाल बिरोध जनप्रदर्शनको क्रममा नेपाल प्रहरीको आक्रमणमा लाजेहाङ्ग घाइते भएका थिए । ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सचिवालय सदस्य एवम् यस मञ्च मातहत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) का केन्द्रीय सह–कमान्डर लाजेहाङ लिम्बु (पदम लिम्बु)लाई हेलिकप्टर चार्टर गरी मेडिसिटी हस्पिटल काठमाडौँमा थप उचारका लागि लैजान तयारी गरिरहेको अवस्थामा शुक्रबार राति २ः३० बजे धरान स्थिति बि.पि. कोइसाला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा निधन भएको थियो । ‘लिम्बुवान–किरात–शेर्पालुङ’ एवम् आदिवासी पहिचान आन्दोलनको सहिद भएको जनाउँदै समितिले
मुक्ति योद्धा लाजेहाङ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गरेको छ ।
बुबा छत्र बहादुर लिम्बु र आमा धनमाया लिम्बुको कोखबाट वि.स. २०३७ साल कात्तिक १७ गते तेह्रथुम जिल्लाको साब्लामा जन्म भई मोरङ जिल्लाको बेलबारी लालभित्तिमा हुर्किबढी हाल धरानमा बसोबास गर्दै आएका लाजेहाङ लिम्बु २०६२ देखि नै अति सक्रियताका साथ लिम्बुवान आन्दोलनमा होमिएका थिए ।
वीर सहिद लाजेहाङ लिम्बू – अमर रहुन !
एकल शासक जातिबादी ‘कोशी’ प्रदेशको नाम – मुर्दाबाद !
एकल जातिय राज्य – मुर्दाबाद ।
प्रहरी दमन – मुर्दाबाद !
हाम्रो आन्दोलन – जारी छ !

प्रेस विज्ञप्ति
प्रदेस न .१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले ‘कोशी’ नाम खारेजीको लागि यही चैत्र ५ गते बिराटनगरमा आयोजना गरेको बिशाल बिरोध जनप्रदर्शनको क्रममा नेपाल प्रहरीको आक्रमणमा घाइते हुनु भएका ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सचिवालय सदस्य एवम् यस मञ्च मातहत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) का केन्द्रीय सह–कमान्डर लाजेहाङ लिम्बु (पदम लिम्बु)लाई हेलिकप्टर चार्टर गरी मेडिसिटी हस्पिटल काठमाडौँमा थप उचारका लागि लैजान तयारी गरिरहेको अवस्थामा आज राति २ः३० बजे धरान स्थिति बि.पि. कोइसाला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा वीरतापूर्ण मृत्युवरण गरी ‘लिम्बुवान – किरात – शेर्पालुङ’ एवम् आदिवासी पहिचान आन्दोलनको सहिद हुनु भएको छ ।

बुबा छत्र बहादुर लिम्बु र आमा धनमाया लिम्बुको कोखबाट वि.स. २०३७ साल कात्तिक १७ गते तेह्रथुम जिल्लाको साब्लामा जन्म भई मोरङ जिल्लाको बेलबारी लालभित्तिमा हुर्किबढी हाल धरानमा बसोबास गर्दै आउनु भएका लाजेहाङ लिम्बु ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल स.लो.रा. मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको स्थापना काल २०६२ देखि नै अति सक्रियताका साथ लिम्बुवान आन्दोलनमा होमिनु भएको थियो र हाल एल.भी.को केन्द्रीय सह–कमान्डर एवम् न्याय विभागको जिम्मेवारी बहन गरिरहनु भएको थियो ।

मुक्ति योद्धा लाजेहाङ लिम्बुको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्दछ । मुक्ति योद्धा लाजेहाङ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गर्दछौँ । कोशी प्रदेश नाम – खारेज गर । कमान्डर लाजेहाङ लिम्बुको हत्याको – राजनैतिक बदला लिने छौँ । हत्याराहरुलाई कानुनी कठघरामा उभ्याउने छौँ । कोशी प्रदेश नाम खारेज गराउने छौँ । सशक्त संयुक्त आन्दोलन जारी रहने छ । सहिद लाजेहाङलाई सहिद घोषणा गर । शोकलाई आन्दोलनको शक्तिमा बदलौँ । कमान्डर लाजेहाङ लिम्बुलाई भावपूर्ण श्रद्धाञ्जली । वीर सहिद लाजेहाङ अमर रहून् ।

येस्तो छ बिज्ञप्ति
२०७९ चैत्र १० गते

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार