पथरी । नेपाली काङ्ग्रेसले पथरीशनिश्चरे नगरपालिकाका सबै वडामा निर्वाचित गरेको छ ।
निर्वाचित वडा नम्बर १ को वडा सभापतिमा दिनेश राई वडा नम्बर २ को सभापतिममा लोकनाथ अधिकारी, वडा नम्बर ३ को सभापतिमा चन्द्र प्रकाश चेम्जोङ रहेका छन् । वडा नम्बर ४ को सभापतिमा राम संग्रौला, वडा नम्बर ५ को सभापतिमा राजु थापा, वडा नम्बर ६ को सभापतिमा श्याम बहादुर लिम्बू, वडा नम्बर ७ को सभापतिमा बाबुराम शेर्मा निर्वाचित भएको काङ्ग्रेसले जनाएको छ । त्यस्तै वडा नम्बर ८ को सभापतिमा खेम खडका, वडा नम्बर ९ को सभापतिमा नर बहादुर बोहरा र वडा नम्बर १० को सभापतिमा
उत्तर कुमार सुब्बा (सानु) निर्वाचित भएका छन् । काङ्ग्रेस पथरी शनिश्चरे नगर समितिका सचिब सन्तोष कटुवालले नगरको सबै वडाको सभापतिहरू सर्व सहमतिले निर्वाचित भएको बताएका छन् ।


1 पटक हेरिएको 











