किराँत राई पत्रकार संघ मोरङका अध्यक्षमा पुनः खम्बू

पथरी।  किराँत राई पत्रकार संघ मोरङको चौथो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ।

हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरीमा किराँत राई पत्रकार संघको चौथो अधिवेशनले पुनः विजय खम्बूको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिमा एक जना पुरुष र एक जना महिला गरी दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको छ। नव गठित कार्य समितिको उपाध्यक्षद्वयमा संगीता राई र नुतन राई , सचिबमा रिता राई लगायत ११ जना सदस्यहरू रहेका छन् ।

अधिवेशनमा किराँत राई पत्रकार संघका उपाध्यक्ष  अर्जुन जम्नेली राई, किराँत राई पत्रकार संघकि उपाध्यक्ष गीता राई , प्रदेश उपाध्यक्ष अर्जुन राई, किराँत राई यायोक्खा मोरङका उपाध्यक्ष काशिहाङ राई, नेपाल पत्रकार महासंघ मोरङका पूर्व कार्यवाहक अध्यक्ष मोहन कुमार भट्टराई, समाजसेवी बाबुराम राईलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा मोरङमा क्रियाशील सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार