कुकुर फाल्ने महिला पक्राउ

बझाङ । जिल्ला बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिलालाई पक्राउ गरिएको छ ।

पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट एक जना महिलाले कुकुरलाई धकेली सेती नदीमा फाली पशुपन्छी प्रति निर्दयी व्यवहार देखाई उक्त पुलबाट फालेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएको थियो । सो घटनासम्बन्धी अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जिल्ला बझाङ जयपृथ्वी नगरपालिका ३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुल्न आएको हो । निज बिमला देवी रोकायालाई मिति असोज १ गते बेलुकी पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार