काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष अशोककुमार राईले कोशी प्रदेशको नामको विरोधका क्रममा मृत्यु भएका लाजेहाङ लिम्बु (पदम)लाई शहीद घोषणा गर्न माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद समेत रहेका राईले प्रदेश १ को नाम कोशीको विरोधमा उत्रिएका लाजेहाङ लिम्बु(पदम)लाई शहीद घोषणा गर्न माग गरेका हुन्।
सांसद राईले मधेश आन्दोलनका क्रममा २९ जनाले ज्यान गुमाएको स्मरण गर्दै अधिकार माग्दा ज्यान लिने घटना ज्यादै निन्दनीय रहेको बताए । ‘यस्ता दुःखद घटनाको शृङ्खला अझै अन्त्य कहीँ पनि भएको छैन। संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम जसलाई मधेश आन्दोलन पनि भनिन्छ। त्यसमा ५९ जना सहिद भएका थिए। त्यो शृङ्खला रोकियोस् भन्ने चाहना हो,’ अध्यक्ष राईले भने, ‘जनताले आफ्नो पहिचान माग्नु नैसर्गिक अधिकार हो। हामीले सङ्घीयता स्थापित गरेका छौँ तर यही लोकतन्त्र र गणतन्त्रभित्र पहिचान माग्ने आन्दोलनकारीहरूको ज्यान लिने शृङ्खलाको कडी थपिन गएको छ। यो निन्दनीय छ।’


122 पटक हेरिएको 












