संघर्ष समितिद्वारा मोरङ, झापा र इलामको कार्यालयमा तालाबन्दी

पथरी । कोशी प्रदेशको पुनः नामांकनको माग राख्दै आन्दोलनरत प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले बुधबार मिक्लाजुङ गाउँपालिकाको कार्यालय र नौ वटै वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

देउमाई नगरपालिका वडा नं. ७, इलाममा तालाबन्दी गर्दै प्रदर्शनकारी ।

संघर्ष समितिले गाउँपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरेर बन्द लेखिएको ब्यानर समेत राखेको र तालाबन्दी चैत १७ गते शुक्रबारसम्म जारी राखिने संघर्ष समितिका सरोज किराँतीले जानकारी दिए । कोशी प्रदेशको पुनः नामांकनको माग राखि आन्दोलन गर्ने क्रममा प्रहरी धरपकडबाट पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । देउमाई नगरपालिका वडा नं. ७, इलाममा तालाबन्दी गरिएको छ । कोशी नाम खारेजीको घोषित कार्यक्रम अनुसार झापा जिल्ला अन्तर्गत हल्दिबारी गाउपालिका र वाड नम्बर १,२,३,४,५ पनि ताला लगाई काशेी लेखिएको लेटर प्याड, बोर्ड पनि जलाइएको छ ।
मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा प्रदर्शनकारीहरु तालाबन्दी गर्दै ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार