पथरी । उर्लाबारीको मंगलबारे बजार र पथरीशनिश्चरे वडा २ बोक्रे चोक जोड्ने ६९ लाख ५० हजारको ट्रस पुल निर्माण कार्यको शिलान्यास गरिएको छ ।
आइतबार पुलको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले शिलान्यास गरे । यो योजनाका लागि चालु आर्थिक वर्ष २०७९/०८० का लागि १६ लाख प्राप्त भएको वडा अध्यक्ष नैना राईले जानकारी दिए । वर्षौदेखि सवारी साधनलाई आवत जावत गर्न असहजता भोगिरहेका सफारी ,टेम्पो, ट्याक्सी आदिलाई यो योजना सम्पन्न भएपछि सबैलाई सहजता हुने बिश्वास गरिएको वडा अध्यक्ष राईले बताए । शिलान्यासका अवसरमा उर्लाबारी ३ का वडाध्यक्ष भिष्म बुढाथोकी, प्रदेशका प्राविधिक मनोज कटुवाललगायत स्थानीय व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।


87 पटक हेरिएको 





