संघर्ष समितिले एसईईलाई ध्यान दिदै आन्दोलनको कार्यक्रम नगर्ने निर्णय सार्वजनिक

पथरी । प्रदेश नं. १ पुनः नामाङ्कन सङ्युक्त सङ्घर्ष समितिले नेपालभरि जारी रहेको एसईई परीक्षालाई ध्यानमा राखेर आन्दोलनको कार्यक्रम नरहेको जानकारी गराएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, ‘२०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत जनप्रदर्शन, सभा, जुलुस, हड्ताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरु नरहेको सबैमा जानकारी गराउँदछौँ ।’ आन्दोलन ३३ औँ दिनमा पुग्दासमेत पनि राज्य पक्षबाट निकासको लागि कुनै पहल नभएको प्रति संघर्ष समिति रुष्ट छ । आन्दोलनमा वीर गति प्राप्त गरेको जनाउँदै समितिले मुक्ति योद्धा लाजेहाङ लिम्बु (पदम)लाई सहिद घोषणा, क्षतिपूर्ति र दाषीलाई कारवाहीको कुनै परिणाममुखी पहल नभएको हुनाले अब निर्णायक आन्दोलनको १० दिने चेतावनी (अल्टिमेटम) दिने जनाएको छ ।
यस्तो छ आन्दोलनको प्रारुप
१. राज्य निकायका प्रमुखहरुलाई २०७९ चैत २६ गते १० दिने चेतावनी (अल्टिमेटम) पत्र दिने ।
२. २०७९ चैत २१ देखि २७ गतेसम्म जिल्ला, गाउँ/नगर र वडा तहसम्म सङ्घर्ष समिति गठन र जागरण अभियानलाई निरन्तरता दिने ।
३. आन्दोलनलाई सशक्त बनाउन सङ्घर्ष समितिको स्वयम्सेवक दस्ता निर्माण गर्ने ।
४. कोशी नाम खारेजी किन ? भन्ने शिर्षकमा २०७९ चैत २० देखि २७ गतेसम्म प्रत्येक दिन बेलुकीको भर्चुअल आमसभा आयोजना ः
– चैत २० गते जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समिति
– चैत २१ गते नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा
– चैत २२ गते सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च
– चैत २३ गते नेकपा (एस) निकट नेपाल लिम्बु सङ्घ समाजवादी
– चैत २४ गते राष्ट्रिय जनमुक्ति पार्टी सहितको ६ घटक
– चैत २५ जनता समाजवादी पार्टी सम्बद्ध किरात राष्ट्रिय समिति
– चैत २६ गते जनता समाजवादी पार्टी सम्बद्ध शेर्पालुङ राष्ट्रिय समिति
– चैत २७ गते जनता समाजवादी पार्टी सम्बद्ध शिल्पी राष्ट्रिय समिति
– चैत २८ गते नेकपा (माओवादी केन्द्र) सम्बद्ध किरात राष्ट्रिय मुक्ति मोर्चा
५. प्रदेशको तराई क्षेत्रमा आन्दोलनलाई सशक्त बनाउन समन्वयात्मक अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने ।
६. राजनीतिक शक्तिहरुसँग थप सवन्वय प्रारम्भ गर्ने ।
७. पूर्व घोषित कालो झन्डा रोप्ने, कोशी लेटर प्याड प्रयोग अवरोध, कोशी नाम खारेजी साहित्यिक, सांस्कृत, कलात्मक कार्यक्रम, प्रचार, ८२ सांसद अवरोध तथा वहिष्कार लगायतको निरन्तरता र तिव्रता दिने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार