पथरीमा राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

पथरी । मोरङको पथरीशनिश्चरेमा सहिद रत्न कुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता-२०७९ सुरु भएको छ। शुक्रबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो र नेपाल बुद्धिचाल महासंघका महासचिव धरम लामाले संयुक्त रूपमा चेस बोर्डमा गोटी चालेर उद्घाटन गरेका छन् । नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो कुलशता प्रस्तुत गरी राष्ट्रियस्तरको खेलाडीको रूपमा परिचय बनाउन शुभकामना दिए । उदघाटन समारोहमा स्थानीय खेलाडी रत्न बहादुर राईलाई  ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। फ्रेण्डसिप चेस क्लब, पथरी शनिश्चरे, मोरङ्गको आयोजना तथा पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिता ४ दिनसम्म चल्नेछ । प्रतियोगितामा मुलुकभरका १ सय ५० जना भन्दा बढी  स्थानीय, राष्ट्रिय स्तरका खेलाडीहरुले विभिन्न ३१ विधामा प्रतिस्पर्धा गर्दैछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार