पथरीमा जग्गाको निस्सा वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ को कार्यलयले जग्गाको धनिपुर्जा वितरण गर्न पहिलो चरणमा निस्सा वितरण गर्ने काम भएको छ ।
अध्यक्ष नवीन कार्कीले बैशाख महिना भित्र नापी गर्ने काम सुरुवात हुने र जति सक्दो चाडो सुकुम्बासी समस्या समाधान गर्न आफुहरु अर्जुनदृष्टि लगाएर लागि परेको वताएका छन । राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला अध्यक्ष सुसिला घिमिरेले पथरी शनिश्चरेमा वडा नम्बर ८ ले सबै प्रक्रियाहरु पूरा गरेर फाइल पठाइ सकेको हुदा अब चाडै नापी गर्ने र जनतालाई लालपुर्जा वितरण गर्ने बताएकी छिन ।
भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको पहिचान गरि लगत संकलनका आधारमा निस्सा वितरण गरिएको हो । वडा भित्रको करिब नौ सय बिगाहा क्षेत्रको निस्सा वितरण गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय भुमी आयोग मोरङ अध्यक्ष सुसिला घिमिरे, नगर उपप्रमुख देविमाया काफ्ले, वडा सदस्यहरू बाबुराम चौधरी, झमकबहादुर लिम्बू, शान्ता योङ्हाङ, शिवकुमारी बि.क. लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार