छुम्माको छैठौं महाधिवेशनः अध्यक्षमा जिमी निर्वाचित

धरान । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा आइतबार निर्वाचित भएका छन ।
याक्खा छुम्माको केन्द्रीय भवन धरानमा सम्पन्नं महाधिवेशनबाट जिमीले ८२ मत प्राप्त गर्दा अध्यक्ष पदाको प्रत्यासी रहेकी अर्का उम्मेद्वर लहरुमाया जिमीले ४४ मत पाइन । अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा मतदान भएको थियो । १ सय २६ मत खसेकोमा बदर मत संख्या शून्य रहेको थियो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अन्जना ताम्ली, उपाध्यक्षमा कमन देवान, महिला उपाध्यक्षमा शान्ति देवान, महासचिवमा सोनाम याक्खा चयन भए भने उपमहासचिवमा भरत याक्खा चयन भए।
सचिवत्रयमा हेमराज जिमी, अनुप देवान र अजय जिमी चयन भए भने कोषाध्यक्षमा मानबहादुर याक्खा र सहकोषाध्यक्ष विजय सोम्याहाङ चयन भए । सदस्यहरुमा क्रमशः झापाबाट इन्द्रबिक्रम देवान, भीममाया देवान र विष्णुकुमार थायुम, सुनसरीबाट धनकुमारी जिमी, देवराज जिमी र भोलामान जिमी, संखुवासभाबाट कुलबहादुर जिमी, आइतहाङ याक्खा, सीमा सोम्याहाङ, रमेशकुमार जिमी र भोला याक्खा चयन भए ।
त्यस्तै इलामबाट टोमबहादुर याक्खा र इन्दिरा देवान, मोरङबाट आनन्दकुमारी लिंखा, बम देवान र प्रतिबहादुर यक्खा, काठमाडौं उपत्यकाबाट धनबहादुर देवान, देउकृष्ण लिंखा, धनकुटाबाट छत्रबहादुर याक्खा, पशुपति याक्खा, पूणर्प्रसाद लुम्बा याक्खा, पाँचछरबाट गजेन्द्र देवान चयन भएको निर्वाचन मण्डलका अध्यक्ष दुर्गा लिंकाले जानकारी दिए । निर्वाचन मण्डलमा लिलामणि जिमी र सोमा याक्खा सदस्य रहेका थिए ।
शनिबार सम्पन्न खुला सत्रमा ९ औं राष्टृय खेलकुदमा स्वणर् पदक विजेता विध्या जिमी (भारोत्तोलन), एथलेटिक्सतर्फ ३००० मिटर र १५०० मिटरमा रजत र काश्य विजेता निला जिमी, प्याराग्लाइडिङ राष्टृय प्रशिक्षक देशवीर जिमी, याक्खा समुदायबाट प्रथम पिएचडी डा. गणेश जिमी, भवन निर्माण समिति संयोजक नेत्रबहादुर याक्खा, सदस्य मानबहादुर याक्खा, टंक याक्खा, छुम्माका प्रमुख सल्लाहकार गणेशबहादुर देवान र स्थानीय तहमा निर्वाचित याक्खा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार