पथरी शनिश्चरे नगरपालिकामा नापी सुरु गर्ने निर्णय

पथरी । पथरी शनिश्चरे नगरपालिकाको वडा नं. १, ४ र ८ का तोकिएका ब्लकहरुबाट नापीका कामहरु सुरु गरिने भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाले मंगलबार सरोकारवालाहरुसँग छलफल गरेपछि नाप नक्साको काम सुरु गर्ने निर्णय भएको नगरको भूमि सम्वन्धी सेवा केन्द्र प्रमुख ताराप्रसाद ढकालले जानकारी दिए । नगरको सभाहलमा भएको सो छलफल कार्यक्रममा राष्ट्रिय भूमि आयोग मोरङ अध्यक्ष सुशिला घिमिरे, विज्ञ सदस्य प्रेमराज भारती, सदस्य सचिव सुदिप श्रेष्ठ, नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडाध्यक्षहरु, नगरस्तरीय सहजीकरण समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार