रास्ट्रीय सम्मानबाट भट्टराई, युवा सम्मानबाट फागो र पत्रकारिता सम्मानबाट राई सम्मानित 

पथरी । एभरेस्ट अङ्ग्रेजी आवासीय माध्यमिक विध्यालय पथरी शनिश्चरेद्वारा संचालित सीएम कन्दङ्वा स्मृति कोषले आज तीन जनालाई सम्मान गरेको छ।

साहित्यकार, समालोचक र अनुवादक झापा दमक १ का प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद १ लाख एक हजारसहित सी.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९ बाट सम्मानित भएका हुन् । ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएको सम्मानित व्यक्ति गोविन्दराज भट्टराईले ३२ भन्दा बढी सम्मान पाइसकेका छन । दार्जेलिङ भारतका संगीतकार अनिल फागोलाई संगीत विधातर्फको ५१ हजारसहित सीएम.कन्दङ् युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९बाट सम्मानित भए । झापा र मोरङको बिभिन्न विद्यालयहरुमा संगीत विद्या सिकाउदै आएका  सम्मानीत व्यक्ति फागो भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गरेका छन् । पूर्वी मोरङलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका, रातोकलम डटकमका प्रधान सम्पादक अर्जुन जम्नेली राई ११ हजारसहित सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित भएका छन् ।

सम्मानीत व्यक्तिहरुलाई कोषले सीएम कन्दङ्वाको जन्म उत्सवको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायले सम्मान गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार