पथरी । पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेले विशेष उत्प्रेरणा कार्यक्रम गरेको छ । विहीबार एक औपचारिक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फुलमा पानी हालेर कार्यक्रमको उद्घाटन गरे । मोटिभेसनल स्पीकर सौनक भट्टले सहजीकरण गरेको उत्प्रेरणा कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जेहेन्दार तथा प्रतिभाशाली विद्यार्थी प्रविण विश्वकर्मा र सिभिल इन्जिनियर समूहका अरुण लिम्बुलाई सम्मान गरिएको थियो ।
आगामी बैशाख २६ गतेदेखि संचालन हुन गैरहेको कक्षा –१२ को परीक्षालाई मध्यजर गरी विद्यार्थीप्रति स्वअध्ययनका लागि उत्प्रेरित गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको भन्दै विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।


114 पटक हेरिएको 












