जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्री दाहालको निर्देशन

 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन् । आज बिहान् पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा भनेला हुन् । सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी कार्यलयमा आयोजित कार्यक्रममा उनले भने, ‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुवात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।’अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरुले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार