पथरी । लिम्बुवान सर्वपक्षीय भेला आयोजक समिति बैशाख २ गते मोरङको पथरी शनिश्चरेमा शनिबार गठन भएको छ । लिम्बुवान आन्दोलनका अभियानकर्ता राजकुमार पालुङ्वाको संयोजक रहने गरि ९ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्य सचिबमा योबाहाङ तुम्बाहाम्फे, व्यवस्थापन प्रमुखमा डम्बर नेम्बाङ रहेका छन् भने सदस्यहरुमा भत्त मुसाहाङ मिराक, याक्थुङ्सा, दिल आङ्देम्बे, कर्ण नेम्बाङ, लाल बहादुर सम्बाहाङ्फे र राज पङ्याङ्गु छन । तत्कालीन गोर्खा राज्यसँग बि.स.१८३१ सालमा लिम्बुवानले गरेको सन्धिलाई आधुनिक लिम्बुवान राजनीति आन्दोलन विषयमा थप कार्य गर्ने र सोको लागि सर्वपक्षीय भेला गर्न समिति गठन भएको समितिका सदस्य दिल आङ्देम्बेले बताए । `१८३१को तत्कालिन गोर्खा लिम्बुवान सन्धी अनुसार शाहा राणादेखि लिएर ७ देखि १७ साल सम्मको प्रजातन्त्र १७ साल देखि २१ सालसम्म पन्चायतमा समेर लिम्बुवान स्वयत थियो । यस्को निरन्तरताको लागि लिम्बुवान सर्ब पक्षीय भेलाको आयोजना हुँदैछ ।` संयोजक पालुङ्वाले अनुरोध गर्दै भने, `भेलामा सहभागी भइ लिम्बुवान आन्दोलन्लाई सहयोग पुर्याइदिन सबैमा अनुरोध छ।´


102 पटक हेरिएको 












