खेलकुद  सामाग्री वितरण

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ ले एक दिवसीय फुटबल प्रतियोगिता साथै खेलकुद सामग्री वितरण कार्यक्रमको आयोजना गरेको छ ।
६ वटा टोलले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा सिरिसे फुटबल क्लबले उत्कृट टिमको पुरस्कार ५ हजार प्राप्त गरेको छ ।
सो अवसरमा सोही वडा भित्र नियमित अभ्यास गर्ने ४ टिमहरूलाई खेल सामाग्री प्रदान गरिएको छ । घर पायकपर्ने छिमेकी वडाहरुमा अभ्यासरत केही खेलाडीलाई पनि वडा कार्यालयले यथोचित खेल सामग्रीहरू प्रदान गर्ने वडा नं ४ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले बताए । सामग्री वितरण कार्यक्रममा वडा सदस्यहरु कल्पना श्रेष्ठ, मिना विश्वकर्मा, उपेन्द्र कार्की र वडा सचिव भावना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार