बुद्धशान्ति लुँडो प्रतियोगिता हुने

बुद्धशान्ति(झापा) ।  जिल्ला स्थित बुद्धशान्ति गाउँपालिकामा बुद्धशान्ति लुँडो प्रतियोगिता हुने भएको छ ।

वैशाख २३ गते शनिबारका दिन बुधबारे स्थित रामजानकी मन्दिरको सभाहलमा लुँडो प्रतियोगिता गराउन लागिएको आयोजक समितिका अध्यक्ष सुनिल खातीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार र चौथोलाई २ हजार नगद प्रदान गरिने आयोजक समितिका सचिव रोसज भट्टराईले जानकारी दिएका छन् । टिकट दर ५०० लाग्ने र त्यसका लागि बुधबारे स्थित नवोदय सहकारीको छेउमा रहेको पशुपती ज्वेलरी सप, बुधबारे बिच चौकमा रहेको रोसन प्रिन्टिङ प्रेस वा निम्न नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार