पथरी । प्रतिपक्षी नेकपा (एमाले) ले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम राना चढेको गाडीमा भएको ढुङ्गा प्रहार घटनाको निन्दा र भर्त्सना गरेको छ ।
हिजो इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा सहभागी हुन जाँदै गर्दा माङ्सेबुङ गाउँपालिका वडा नं. ३, घर्तीदोभान नजिकै उनी चढेको गाडीमा पहिचानका नाममा हिंसात्मक गतिविधि गरिरहेको उच्छृङ्खल समूहले ढुङ्गामुढा गरेको थियो । नेकपा (एमाले) ले पार्टीका कोशी प्रदेश संसदीय दलका उपनेता रानामाथि आक्रमण गर्ने उच्छृङ्खल समूहलाई पक्राउ गरी कानुनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानका नाममा उच्छृङ्खल समूहले हिंसात्मक गतिविधि गरिरहेको र खासगरी नेकपा (एमाले) का नेताहरूलाई निशाना बनाइरहेको घटनाले पार्टीलाई गम्भीर बनाएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


101 पटक हेरिएको 












