पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ ले सार्वजानिक सुनुवाई तथा आर्थिक वर्ष २०८०/८१ बजेटका लागि योजना टिपोट कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार वडा कार्यालयमा सार्वजनिक सुनुवाई, कार्य प्रगति तथा आगामी आर्थिक वर्षको लागि सुझाव संकलन कार्यक्रम गरेको हो ।
कार्यक्रममा चालु आर्थिक वर्ष २०७९/०८० मा भएका विभिन्न टोल र चोकमा भएका विकास योजनाहरू बारेमा छलफल हुनुका साथै आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि विविध योजनाहरूबारे सुझाव संकलन गरिएको थियो ।
वडावासीहरूले उठाएका सवालहरुको जवाफ वडा अध्यक्ष नैना राईले दिएको कार्यक्रममा वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, खिलानाथ घिमिरे, अम्बिका लिम्बु, सीता भुसाल, वडाका भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।


77 पटक हेरिएको 












