पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ५ ले वार्षिक समीक्षा तथा २०८०/०८१ को योजना तर्जुमा सम्वन्धी सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना गरेको छ । आइतबार वडामा भएको सो कार्यक्रममा वडा अध्यक्ष चेतेन्द्र खड्काले २०७९/०८० वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । वडा सचिव तारानिधि सापकोटाले सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य तथा वडा सदस्य तुलसा कार्की (मुना)ले राखिन । कार्यक्रममा योजना तथा कार्यक्रम छनौटमा सहभागीहरुले सर्वाङ्गिण विकासमा बजेट विनियोजन गर्नुपर्ने लगायतका सुझाव राखेका छन् ।


83 पटक हेरिएको 












