बेलबारी(मोरङ)। सृजना सामुदायिक वन समूह बेलबारी १० का अध्यक्षमाथि अविश्वासको प्रस्ताव राख्नुको औचित्य नभएको सब डिभिजन कार्यालय बेलबारीले जनाएको छ ।
सामुदायिक वनमा अविश्वासको प्रस्ताव राख्नु पाईने प्रावधान भएता पनि सृजना सामुदायिक वनको हकमा स्पष्ट कारण नभएको सवडिभिजन कार्यालय बेलबारीका प्रमुख दिपेश मिश्रले बताएका छन् । सामुदायिक वन समितिले हिनामिना, वनमा क्षतिलगायतका गतिविधि गरेमा अविश्वासको प्रस्ताव लान सकिन्छ । तर, सृजना सामुदायिक वन समूहका पदाधिकारी निर्वाचित भएको हप्ता दिन नवित्दै अविश्वासको प्रस्ताव राख्नुको आधार नभएको प्रमुख मिश्रको भनाई छ । सामुदायिक वन समितिका अध्यक्ष अल्पमतमा पर्दैमा कार्यसमिति विघठन नहुने पनि उनले बताएका छन् ।
गत जेठ २७ गते सृजना सामुदायिक वन समुहको निर्वाचन भएको थियो । निर्वाचनले देउमान लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिलाई विघटन गर्ने उद्धेश्यले निर्वाचित मध्य ९ जनालाई लगत्तै राजीनामा दिन लगाईएको समूहका अध्यक्ष देउमान लिम्बुले बताए । तर कोषाध्यक्ष उर्मिला खवास, सदस्य जयप्रसाद भट्टराई, नरबहादुर थापाले आफ्नो पद कायम रहोस् भनेर राजीनामा फिर्ता लिएका छन् ।वुधवार समूहका अध्यक्ष लिम्बुले भाउन्नेमा पत्रकार सम्मेलनको आयोजना गरि आफूलाई बरवुझारथ नगरेको बताए । उनले भने, `वनसंरक्षण कार्यमा सहज गर्नुको सट्टा अविश्वासको प्रस्ताव राख्नुको कारण के हो?´ निर्वाचित भईसकेपछि पनि आफूलाई वरवुजारथ नगरिएको हुँदा यसको कानुनी बाटोमा पनि जाने अध्यक्ष लिम्बुले बताएका छन् ।


92 पटक हेरिएको 











