पथरी । पथरी शनिश्चरे नगरपालिकाले १३ औं नगर सभामा ५ जना फुटबल खेलाडीहरुलाई आइतबार सम्मान गरेको छ ।
अन्तर्राष्ट्रियस्तरमा नगरको नाम चिनाउन सफल पथरीशनिश्चरे नगरपालिका भित्रका खेलाडीहरु सम्मानित भएका हुन् । नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले संयुक्त रुपमा जनही २५ हजार रुपैयाँ नगद सहित सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । वडा न. १ का दिपक राई, दिपा न्यौपाने, वडा न. ४ की सरु लिम्बु, वडा न. ७ की पुनम चेम्जोङ र वडा न. १० की रुपा धिमाललाई सम्मान गरिएको हो । भावी दिनमा अन्य खेल क्षेत्रसँग सम्वन्धित नगर भित्रका खेलाडीहरुलाई सम्मान गरिने नगर प्रमुख मोहनप्रसाद तुम्वापोले जानकारी दिए ।


74 पटक हेरिएको 












