माङ्सेबुङमा आगलागी, ७ घरमा क्षति

माङ्सेबुङ(इलाम) । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ बार्‍हलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ ।

तस्वीर सौजन्य : सुमन लावती ।

स्थानीय समिर चेम्जोङको घरबाट लागेको आगलागीले ७ घर जलेर नष्ट भएको  स्थानीय सञ्चारकर्मी सुमन लाओतीले जानकारी दिए ।

बाँझो प्रहरी चौकीका असइ नारायण निरौलाले  नरहाङ लावती, लोकहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, माङ्गेना साम्बाहाम्फे, चन्द्र राई र अनु चेम्जोङको घर पूर्ण रूपमा क्षति भएको बताए । काठले बनेको टिनको छानो भएका घरमा रहेका सबै सामग्री पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब ५५ लाख रुपैयाँको क्षति अनुमान गरिएको छ ।

मंगलबार रातको २:०० बजेदेखि आगलागी बभएको थियो । आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार